तत्कालिन थुम सभा उत्तरको पांमा गाँउको मानेभञ्ज्याङ्गमा वि.सं. २००९ पौष ५ मा योगि वलभद्र गिरीले वाँसको टहरा वनाई पठन पाठन कार्य शुरु गरेको पाठशालालाई राजा महेन्द्रको नामवाट विद्यालय सञ्चालन गर्नु भनि अनुमति सहित वार्षिक अनुदान रकम दिने भन्ने समेतको पत्र २०१४ सालमा प्राप्त भए पछि श्री महेन्द्र प्राईमरी स्कुलको नामबाट सञ्चालन भएको विद्यालय हाल श्री महेन्द्र माध्यमिक विद्यालयको रुपमा साधारण विद्यालय शिक्षा तर्फ बाल कक्षा देखि कक्षा १२ सम्म, विशेष शिक्षा तर्फ बाल कक्षा देखि ५ कक्षा सम्म, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) अन्तरगत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन प्राप्त गरी १८ महिने कृषि जे टि ए (बाली विज्ञान) तथा ३ वर्षे कृषि डिप्लोमा (बली विज्ञान) र आधारभूत संगीत कक्षा जस्ता बहु आयामिक कार्यक्रमहरुलाई एकिकृत रुपमा खाँदवारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङ्गमा सञ्चालन गरिरहेको सामुदायिक विद्यालय हो ।
यसको शैक्षिक यात्रा विद्यालयमा रहेका अभिलेखानुसार देहाय अनुसार रहेको तथ्य प्रस्तुत गरिएको छ ।
-
पठनपाठनको औपचारिक शुरुवात
२००९
-
नियमित अनुदान प्राप्त गर्नेगरी प्राईमरी विद्यालयको रुपमा अनुमति प्राप्त
२०१४
-
विद्यालयमा (१(५)कक्षाहरु सञ्चालन
२०३०
-
निजि स्रोतमा प्रस्तावित मा.वि.को रुपमा सञ्चालन
२०४०
-
पूर्ण स्विकृति प्राप्त गरि महेन्द्र मा.वि को रुपमा स्थापित
२०४४
-
वहिरा तथा सुस्त श्रवणको स्रोतकक्षा सञ्चालन
२०६१
-
उ.मा.वि. (व्यवस्थापन, शिक्षा, मानविकि संकाय) सञ्चालन
२०६४
-
CTEVT बाट सम्बन्धन प्राप्त १५ महिने कृषि जे.टी.ए. को कक्षा सञ्चालन
२०६७
-
कृषि जे.टी.ए (२९ महिने कार्यक्रम) संञ्चालन
२०७१
-
१८ महिने टेक्स कार्यक्रम अन्तर्गत कृषी जे.टि.ए.सञ्चालन
२०७३
-
वालि विज्ञान विषयमा ३ वर्षे डिप्लोमा कक्षाको सञ्चालन
२०७५
-
आधारभूत संगीत सीप प्रदान गर्ने लक्ष्य सहित संगीत कला केन्द्र सञ्चालन
२०७६
-
महेन्द्र मा.बि. को आधिकारीक वेबसाईट सार्बजनिक
२०७७
Vision :
श्री महेन्द्र माध्यमिक विद्यालयलाई “उत्कृष्ट प्राविधिक ज्ञान सिप हासिल भएको दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारीको सुनिश्चितता गर्न सक्षम बहुआयामिक कार्यक्रमहरु रहेका गुणस्तरिय शिक्षा प्रदान गर्ने नमुना शिक्षालयको रुपमा स्थापित गर्ने ”
प्राविधिक शिक्षा आजको आवश्यकता
श्री महेन्द्र माध्यमिक बिद्यालय
अनेकतामा एकता, शैक्षिक एवम् प्रशासनिक शुद्धता हाम्रो विशेषता
गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता
Mission :
“गुणस्तरीय एवम् प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रलाई दिगो रुपमा कृषिमा आत्मनिर्भर बनाउने र फरक फरक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै अनेकतामा एकतालाई चरितार्थ गराउन सफल एक नमुना विद्यालयको रुपमा विकास गर्ने”
Goals :
- गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रको रुपमा विकास गर्ने ।
- समुदायलाई कृषिमा आत्मनिर्भर बनाउने ।
- वर्तमान आवश्यकता र समाजको आवश्यकता सम्बोधन गर्न सक्नेगरी प्राविधिक शिक्षा तथा साधारण
- विद्यालय शिक्षाका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
- बहिरा तथा सुस्तश्रवण बालबालिकाहरुका लागि आधारभूत तह (कक्षा १—५) को शिक्षालाई गुणस्तरिय
- र प्रभावकारी बनाउने ।
- शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक रुपमा उत्कृष्ट नमुना विद्यालयको रुपमा स्थापित गर्ने ।
- सुचना प्रविधिको पहुँच वृद्धि गरी डिजीटल साक्षर समाज निर्माणमा सहयोग गर्ने ।
रणनीति
- गुणस्तरिय शिक्षा प्रदान गर्न प्रविधिमैत्री सिकाई कृयाकलापमा जोड दिने
- स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्ने
- उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र जेहेन्दार गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्ने
- प्राविधिक शिक्षाको अवसरलाई सर्वसुलभ वनाउने
- सिकाई र उद्यमसिलताको अन्तरसम्वन्धलाई व्यवहारिक रुपमा स्थापित गर्ने
- रोजगारी तथा स्वरोजगारको अभिवृद्धि गर्ने ।
- कृषिसंग सम्वन्धित आधुनिक औजार तथा उपकरणहरुको ज्ञान सिप र प्रयोगको क्षमता अभिवृद्धि गर्ने
- जनताहरुमा कृषि सम्वन्धि ज्ञानका लागि सकारात्मक र सक्रिय सहभागिताको वातावरण सृजना गर्ने मौसमी तथा वेमौसमी कृषि उत्पादनमा जोड दिने ।