२०७८ श्रावण १ गते श्री महेन्द्र मा वि मानेभञ्ज्याङमा २०६८ सालमा स्थापित स्व धनध्वज / कर्णकुमारी खड्का छात्रवृत्ति काेषकाे मुलधनमा थप गरि रु५,००,०००/ रहेकाे सर्वाधिक धनराशीकाे अक्षयकोष वृद्धि गर्नुहुने छाेराहरु डिक बहादर, डेडराज, हेमराज र नविनकुमार खड्का तथा चन्द्रकुमारी, कल्पना, तेजकुमारी, लक्ष्मी सहितकाे परिवारले समाज परिवर्तनका लागि यस विद्यालयकाे माध्यमबाट पुर्‍याउनु भएकाे अतुलनीय याेगदान प्रति विद्यालयकाे तर्फबाट हार्दिक आभार प्रकट गर्दछाैं । श्री महेन्द्र मा वि का पुर्व प्र अ हेमराज खड्काका जेष्ठ सुपुत्र ईन्जिनियर विजय खड्काकाे शुभ बिबाहकाे अवसरमा उक्त काेष रकमकाे चेक हस्तान्तरण गरिएको हाे, बैबाहिक बन्धनमा बाँधिनुहुने नव दम्पतीलाई बधाई तथा शुभकामना साथै सम्पुर्ण काेषदाता परिवारजनमा हार्दिक सम्मान व्यक्त गर्दछाैं । श्री महेन्द्र मा वि मानेभञ्ज्याङ परिवार

by Anup Tamang

श्री महेन्द्र मा वि मानेभञ्ज्याङका सम्पूर्ण स्टाफहरुलाई विद्यालयमा स्टाफ फुलबारी कार्यक्रम सफल बनाउन प्रत्येक स्टाफले एउटा सुन्दर फुल सहितकाे गमला व्यवस्थापन गर्न विद्यालयले गमला व्यवस्था गरेकाे हुँदा २०७७/३/१८ गते सम्ममा गमला बुझेर लैजान र २०७८/४/१९ गते विद्यालयमा सुन्दर फुल जगाएर फुल सहितकाे गमला लिएर उपस्थित भई हाम्रो विद्यालय राम्रो विद्यालय निर्माणमा सहयाेग गरिदिनुहुन सादर अनुराेध […]