तत्कालिन थुम सभा उत्तरको पांमा गाँउको मानेभञ्ज्याङ्गमा वि.सं. २००९ पौष ५ मा योगि वलभद्र गिरीले वाँसको टहरा वनाई पठन पाठन कार्य शुरु गरेको पाठशालालाई राजा महेन्द्रको नामवाट विद्यालय सञ्चालन गर्नु भनि अनुमति सहित वार्षिक अनुदान रकम दिने भन्ने समेतको पत्र २०१४ सालमा प्राप्त भए पछि श्री महेन्द्र प्राईमरी स्कुलको नामबाट सञ्चालन भएको विद्यालय हाल श्री महेन्द्र माध्यमिक विद्यालयको रुपमा साधारण विद्यालय शिक्षा तर्फ बाल कक्षा देखि कक्षा १२ सम्म, विशेष शिक्षा तर्फ बाल कक्षा देखि ५ कक्षा सम्म, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) अन्तरगत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन प्राप्त गरी १८ महिने कृषि जे टि ए (बाली विज्ञान) तथा ३ वर्षे कृषि डिप्लोमा (बली विज्ञान) र आधारभूत संगीत कक्षा जस्ता बहु आयामिक कार्यक्रमहरुलाई एकिकृत रुपमा खाँदवारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङ्गमा सञ्चालन गरिरहेको सामुदायिक विद्यालय हो ।